पथरी । कानेपोखरी गाउँपालिकाले वडामा रहेका पाँच जना महिला स्वास्थ स्वयंसेविकालाई सम्मान र विदाई गरेका छन् । आइतबार खुल्ला दिशा मुक्त घोषणा समारोह तथा महिला स्वास्थय स्वयंसेविका सम्मान कार्यक्रममा सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा वडा नम्बर ६ का राजमती इङ्नाम(हाल गाउँपालिका उपाध्यक्ष) र वडा नम्बर ३ का दोमनी चौधरी रहेका छन् उनिहरु दुवै जनालाई नगद ५० हजार सहित प्रमाण पत्रले प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भानुभक्त ढकाल र विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेलले सम्मान गरेका थिए । सम्मान सहित महिला स्वास्थ स्वयंसेविका पदबाट गाउँपालिकाले दुवै जनालाई विदा पनि दिएका छन् । राजमती इङ्नाम भने गाउँपालिकामा उपाध्यक्ष भए पछि र दोमनी घरायसी व्यस्तताले विदा दिनु परेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । त्यसैगरी गाउँघरको स्वास्थ राम्रो काम गरेको भन्दै उत्कृष्ट महिला स्वास्थ स्वयंसेविका भनेर सारादा सुवेदी,प्रेमकुमारी तिम्सिना र इन्दीरा दाहाललाई नगद ३३ सय सहित प्रमाण पत्रले सम्मान गरेको थियो । सम्मानित हुनेलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भानुभक्त ढकालले सम्मान गरेको थियो । अहिले कानेपोखरी गाउँपालिकाको वडाहरुमा २७ जना महिला स्वास्थ स्वयंसेविकाले काम गर्दै आएका गाउँपालिका स्वास्थ बिभागका सदस्य रोहिन्द्र राजभण्डारीले बताए ।