काठमाडौं/ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता सम्पन्न भएको छ।

ललितपुरस्थित मानभवनमा भएको छलफलका क्रममा कुनै निर्णय भने भएन। दुई अध्यक्षबीचको भेटका क्रममा कुनैपनि निर्णय भने नभएको अध्यक्ष प्रचण्डका सल्लाहकार जोगबहादुर महराले बताए।

यसैबीच, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्न गठित संयोजन समितिको सोमबार बस्ने भनिएको बैठक नबस्ने भएको छ। माओवादी केन्द्रको प्रतिनिधिसभाको समानुपातिकतर्फको नामावली टुंग्‍याउनुपर्ने भएकाले पूर्वनिर्धारित संयोजन समितिको बैठक नबस्ने भएको हो।