इटहरी । दरवन्दी अनुसार कर्मचारी नहुदा इटहरी उपमहानगरपालीकावाट प्रवाह गरिने सेवा प्रवाहमा समस्या हुन थालेको छ । उपमहानगरपालिकामा प्रयाप्त कर्मचारीहरु नहुदा अधिकांस वडा कार्यलयहरुमा काम गर्ने समस्या हुन थालेको कर्मचारीहरुले वताएका छन । इटहरी उपमहानगरपालिकाका वडानम्वर १९ मा सोमवार कर्मचारी अभाबकै कारण कार्यलय बन्द भयो । साविक गाविस र नगरपालिका हुदा २०६७ देखि नै सरकारले जिल्ला विकास समिति अन्तरगत एलजिसिडिपि कार्यक्रम मार्फत राखेका २६ जना सामाजिक परिचालक माघ २५ गतेको वठैकले हटाए पछि इटहरी उपमहानगरपालिकामा कर्मचारीहरुको चरम अभाब भएको हो । इटहरी उपमहानगरपालिका भित्रका अधिकांस वडा कार्यलय चलाउँदै आएका सामाजिक परिचालक उपमहानगरपालिकाले बखास्त गरे सँगै इटहरी उपमहानगरपालिका भित्र कर्मचारीहरुको चरम अभाब हुन थालेको हो । इटहरी वडानम्वर १९ मा कर्मचारी अभावकै कारण समस्या आएको वडाकार्यलयले जनाएको छ । वडा सचिव सहित दुई जना कर्मचारी र दुई जना परिचालकले कार्यलयको काम गदै आएको भए पनि अहिले परिचालक हटाईए पछि काम गर्ने समस्या भएको वडा सचिब संजिब खड्काले वताए । कर्मचारी नहुदा सेवाग्राहीको काम गर्ने नसकेपछि आईतवार देखि नै आफु ३ गते सम्म विदामा वसेको वताए । सेवाग्राही सँग बाज्न मात्र पर्छ त्यसैले विदा वसेको हुँ खड्काले भने । सरकारले गत पुष १६ गते नै परिचालक हटाए पनि उपमहानगरपालिकाले भने ३ महिना देखिको तलब परिचालिकाहरुले अहिले सम्म नपाएको इटहरी २० की सामाजिक परिचालिका लक्ष्मी कटुवालले वताईन । उनले भनिन् उपमहानगरपालिकाले काम गदै जानुहोस हामी तपाईहरुलाई कार्यपालिकामा निर्णय गरेर तलव दिन्छौ भने पछि माघ २५ गते सम्म काम गर्यौ । अहिले सामाजिक परिचालक चाहिदैन भनेर उपमहानगरपालिकाले निर्णय गरेछ २०६८ साल देखि अहिले सम्म काम गरे अहिले निकालिदिएछन उनले भनिन् । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका इटहरीका अध्यक्ष अर्जुन सुवेदीले कर्मचारी थोरै भएको कारण वडा कार्यलयमा काम गर्ने समस्यामा परेको वताए । सेवाग्राहीको काम गर्ने अहिले उपमहानगरपालिकालाई गाहे छ सुवेदी भने । दरवन्दी अनुसार नेपाल सरकारले पनि कर्मचारी पठाएको छैन । परिचालकहरु पनि निश्के पछि कर्मचारीहरुलाई काम गर्ने साह्ै अफ्ठ्यारो भईरहेको छ अध्यक्ष सुवेदीले भने । अधिकांस वडा कार्यलयहरुमा काम गर्ने कर्मचारीहरुको अभाव छदैछ सुवेदीले थपे । यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले सरकारले दरवन्दी अनुसार कर्मचारीहरु कार्यलयमा नपठाउँदा समस्या भईरहेको वताए । काम गर्ने कर्मचारी अभाबका कारण केहि असहज भएकोले वडाकार्यलयहरुमा समस्या आईरहेको वताए । सरकारले कर्मचारी पठाएको छैन म के गरु मेयर चौधरीले भने । इटहरी उपमहानगरपालिकामा २६ जना परिचालक थिए । बृद्धाभत्ता,नविकरण,नागरीक सचेतना,वालक्लब घरनक्सा सजिर्विन पजिकरण लगायतका परिआएका सबै कार्य गदै आएका परिचालकहरु एपमहानगरपालिकाले हटाए सँगै कर्मचारीहरुको चरम अभाब भएको वडा कार्यलयहरुले जनाएको छन ।