धनकुटा । निगाले सिमेन्ट फेक्ट्रीको व्यावस्थापन पक्ष, स्थानिय प्रशासन र पिडित पक्षका वार्ता समितिका पदाधिकारीहरु विच सोमवार भएको त्रिपक्षिय वार्तामा फेक्ट्री स्थान्तरणको विषयमा सहमती जुट्न नसक्दा वार्ता विना निष्कर्ष टुगिएको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी जितवहादुर श्रेष्ठको अध्यक्षतमा भएको वसेको वार्तामा फेक्टी व्यावस्थापन पक्ष र पिडित पक्ष विच फेक्ट्री वन्द गरि स्थान्तरण गर्ने विषयमा दुवै पक्ष विच सहमती नजुट्दा वार्ता निष्कर्ष विहिन भएर टुङ्गिएको हो । वार्ता समितिका सदस्य भिष्म गुरुङ्गले भने “हामीले फेक्ट्री पुर्णरुपमा वन्द हुनु पर्छ भन्यौ, तर सिमेण्ट फेक्ट्री संचालक एवं व्यावस्थापन समितिका सदस्यहरुले मानेनन्, नमानै पछि हामीलाई चित्त वुझेन ।” वार्तामा उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु, फेक्ट्री व्यावस्थापन समितिका सदस्यहरु होम पाण्डे, चित्रवहादुर कुईकेल, दिपेश तायल, आनुजा राठी, पिडित पक्षको तर्फवाट वडा नं.६ का वडाध्यक्ष दिलवहादुर थापा, घनेन्द्र श्रेष्ठ, दिपक गुरुङ्ग,वडासदस्यहरु टिमला श्रेष्ठ, दुर्गा थापा, सिधुवा वजार व्यावस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठ, सरस्वती मा.वि.का प्रधानाध्यापक किरण कुमार राई लगायतका रहेका थिए । वार्ता समितिका सदस्य किरणकुमार राईले वार्ता पुनः फागुन ३ गते जिल्ला प्रशासन कार्यालय धनकुटामा वस्ने गरि टुङ्गिएको वताएका छन् । वार्ता समितिका सदस्य एवं अधिवक्ता आनन्द सन्तोषी राईले फेक्ट्रिबाट निस्किएको दुषित फोहोर,प्रदुषणको उचित व्यावस्थापन गर्दा सिधुवाका स्थानियवासीलाई मात्र हैन विश्वको मानव स्वास्थ्यमा असर कम हुने भएकाले पिडितको जायज मागलाई न्यायोचित ढंगले व्यावस्थापन गर्नु पर्नेमा जोड दिएका छन् । अधिवक्ता राईले फेक्ट्री व्यावस्थापन पक्षले सिमेण्ट फेक्ट्रीबाट निकालेको धुलो, दुधाँ (डष्ट)हरु र फेक्ट्रीमा प्रयोग भएको फोहोर वातवरण ऐन र औधागिक ऐन विपरित रहेको पनि औल्याएका छन् । सिधुवाका स्थानियवासिन्दाले उठाएको सिमेण्ट फेक्ट्रीको मुद्धा नेपाल भरीका सिमेण्ट फेक्ट्रिी आसपासका पिडितहरुको आवाज भएको पनि वताएका छन् । उनले औधागिक प्रदुषणले गर्दा नेपालको मात्र हैन विश्वका मानवको आयु घटिरहेको सन्दर्भमा सिधुवाका जनताको लागी मात्र हैन, विश्वको मानव सवस्थ्यको लागी सिधुवावासी आन्दोलित भैरहेकोले स्वास्थ्य अधिकारलाई गम्भिर ढंगले हेर्नु पर्नेमा जोड दिएका छन् । वार्ता शुरु हुनु पुर्व निगाले सिमेण्ट पिडित सयौंको संख्यामा भेला भएर जिल्ला प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका थिए । तस्विर नं.१÷धर्ना दिदै निगाले सिमेण्ट फेक्ट्रीका प्रदुषण पिडितहरु । तस्विर नं.२ ÷सहायक प्रजिअ जितवहादुर श्रेष्ठको अध्यक्षतमा वार्तामा छलफल हुँदै जिल्ला प्रशासन कार्यालय धनकुटामा ।