उदयपुर/ वैकल्पिक लोकमार्ग निर्माणमा जनप्रतिनिधि नै बाधक बनेका छन्।
राष्ट्रिय गौरवको योजनाअन्तर्गको सुनसरीको धरानबाट चतरा, उदयपुरको गाईघाट, कटारी हुँदै सिन्धुली–हेटौंडा जोड्ने सडक निर्माणमा उदयपुरका एक नगरपालिकाका वडा अध्यक्षा बाधक बनेका हुन्। सडक निर्माण क्षेत्रमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का वडा अध्यक्ष कमलध्वज राई सडक निर्माणमा बाधक बनेका हुन्।
सडक विस्तार गर्दा वडाध्यक्ष राईको घर भत्किने भएपछि उनले सडक विस्तारको विरोध गरेको सडक आयोजनाको कार्यालय गाईघाटका इन्जिनियर रामबिहारी चौधरीले बताए। ‘वडाध्यक्ष राईको नेतृत्वमा केही घर परिवारले काम रोकेका छन।’ इन्जिनियर चौधरीले भने, ‘घर जोगाउन सडक सर्भेको एलाइमेन्ट परिर्वतन गरेर ४०/४५ मिटर पश्चिमबाट विस्तार गर्न माग गर्दै काम रोकेका छन्।’
लोकमार्गको गाईघाट–बेल्टार सडकखण्ड चौदण्डीगढी नगरपालिका–६ को सातधारेमा ऐलानी जग्गामा राईको घर छ। सडक विस्तार गर्दा राईको घरसहित उनका छिमेकीको घर भत्काउनुपर्ने छ। त्यसैले घर भत्काउन नदिने भन्दै वडा अध्यक्ष राईको नेतृत्वमा विरोध भएको हो।
थाहाखबरबाट