बेलबारी/ मोरङको केराबारी गाउँपालिकामा वाईसीएल नेपाल र युवा संघ नेपालले संयुक्त रुपमा जनयुद्ध दिवश मनाएका छन् ।

दुवै संगठनको आयोजना शहिदहरुको सम्मानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रेडक्रस सोसाइटी रोसाईटी विराटनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको थियो । सोही कार्यक्रमको अवशरमा केराबारीमा रहेका जनयुद्धमा शहिद भएका शहिदका परिवारलाई सम्मान गरिएको थियो ।

केराबारी ९ कि सहिद शर्मिला सुवेदी, नन्दकुमार थापा केराबारी ८ का विरबहादुर बस्नेत र अग्नीप्रसाद भारतीका परिवारलाई सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा मोरङ क्षेत्र नं. १(क)का सांसद उपेन्द्र घिमिरेले सम्मान पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सांसद घिमिरेले जनयुद्धका उपलब्धीलाई संसथागत गर्ने क्रममा नै हामी यहाँ आएको छौं तसर्थ सहिदको सम्मानमा आज जनयुद्ध दिवश मनाउदैछौं ।

कार्यक्रममा माओवादी केन्द्र केराबारी संयोजक राम कार्की, खेलकुद विकास समिति १ नं. प्रदेश सदस्य शान्ति पाख्रिन, वाईसील नेता खगेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम तिलक लिम्बुको संचालन तथा विवेक भुजेलको सभापतित्वमा सम्पन्न भएको थियो । यसैगरी जनयुद्ध दिवश कै अवशरमा मोरङको विराटचोकमा पनि कार्यक्रम सम्पन्न भएको छ ।