इटहरी/ इटहरीकी मृगौला पिडीत विनिता चौधरीलाई बिभिन्न संघसंस्थाको पहलमा आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय जागृती क्लबका फुटबल खेलाडी जिवन चौधरीको श्रीमतीलाई उपचार सहयोग स्वरुप नेबिसंघ सुनसरी र युथ फर सोसियल डेभलप्मेन्टले आर्थीक सहयोग गरेको हो ।
पत्रकार सम्मेलनको आयोजना गरि नेबिसंघ सुनसरीका उपाध्यक्ष बुद्धहाङ्ग लिम्बु र युथ फर सोसियल डेभलप्मेन्टका अध्यक्ष मनोज भुजेलले पिडित परिवारलाई आर्थिक सहयोग रकम हस्तानतरण गरेका थिए । चौधरी परिवारका साथै द योङ्ग ब्रदर्शका सदस्य स्व. रविन थापाकी माता लक्ष्मि थापालाई पनि नगद हस्तान्तरण गरीएको थियो ।
चौधरी परिवारलाई २३ हजार र थापा परिवारलाई १३ हजार नगद आर्थिक सहयोग गरिएको हो । ३० हजार नगद नेबिसंघद्धारा आर्थिक सहयोग जुटाएको थियो भने सोसियल डेभलप्मेन्टले ६ हजार प्रदान गरेको थियो ।
खेलाडी जिवन चौधरीको श्रीमती विनिता बिगत एक बर्ष देखी मृगौला पिडीत छिन् । उनको दुबै मृगौला फेल भएको र उपचारमा आर्थिक संकट भएकोले नेबिसंघ र संस्थाको तर्फबाट सहयोग रकम प्रदान गरिएको सोसियल डेभलप्मेन्टका अध्यक्ष मनोज भुजेलले बताएका छन । यस्थै नेबिसंघका जिल्ला उपाध्यक्ष बुद्धहाङ्ग लिम्बुले सामाजिक हितको निम्ती जस्तो सुकै अबस्था र पिडितहरुको सहयोगको निम्ती आफुहरु तयार रहेको बताए ।