काठमाडौंर उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा थापाले बिदाई लिएका हुन् ।

उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिव अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेका छन् ।

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।