विराटनगर/प्रदेश नम्वर १ को मु्ख्यमन्त्रिमा नियुक्त भएका नेकपा एमालेका नेता शेरधन राईले विहिवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वाहाङले मुख्यमन्त्री राईलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्रि राईले देश र जनताको नाममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्रि राईको शपथ लगतै पाँच सदस्यिय मन्त्रि मण्डल पनि गठन भएको छ । नवगठित मन्त्रि परिषदमा एमाले हिक्मत कार्की, माओवादी केन्द्रका इन्द्र आङ्बो, एमालेका जीवन घिमिरे र जगदिश कुशियत रहेका छन् । नवनियुक्त प्रदेश सरकारका मन्त्रिहरुलाई मुख्यमन्त्रि राईले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नेकपा एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट एक गरि पहिलो चरणमा पाँच सदस्यिय मन्त्रि परिषद गठन भएको हो । मन्त्रिहरुको कार्यविभाजन सहित गठन भएको मन्त्रि परिषदमा हिक्मत कार्कीले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी इन्द्र आङबोले आर्थिक मामिला तथा योजना मन्त्रालय, जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय र जगदिश कुसियतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रि मातहतमा राखिएको छ ।
मुख्यमन्त्रि र मन्त्रिहरुको शपथ लगतै मुख्यमन्त्रि शेरधन राईले विराटनगर ३ मा रहेको कम्युनिष्ट नेता पुष्पलालको शालिकमा माल्यार्पण गरी पदभार ग्रहण गर्न मुख्यमन्त्रिको कार्यालयमा पुगेका थिए । मुख्यमन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीहरु कुराकानी गर्दै उनले विकास र समृद्धिको एजेण्डामा केन्द्रित रहेका अगाडी बढने बताए । उनले अर्जुनदृष्टि गरेर प्रदेशलाई समृद्धि पार्न लागि पर्ने बताए ।
प्रदेश १ को अर्थमन्त्रीमा नियुक्त भएपछि माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशका स्रोत र साधनको सही सदुपयोग र परिचालन गरेर प्रदेशको चौतर्फी विकासमा ध्यान दिने बताए ।
त्यस्तै गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीले प्रदेशमा शान्ति सुरक्षा कायम गरी अगाडि बढाउने आफ्नो पहिलो प्राथामिकता रहेको बताए । साथै प्रदेशलाई आवश्यक पर्ने कानुन निर्माण गर्न लागिपर्ने उनको भनाइ छ ।
त्यस्तै सामाजिक विकास मन्त्रीमा नियुक्त भएका जीवन घिमिरेले मन्त्री पदको सपथ लिएपछि घिमिरेले प्र्रदेशलाई समृद्ध बनाउन लागिपर्ने बताए । आफ्नो मन्त्रालयमा परेको शिक्षा, स्वास्थ्य जस्ता विषयमा आम जनताको पहुँच स्थापित गर्न आपूm लागिपर्ने उनको भनाइ छ ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका जगदिश कुशियतले १ नम्बर प्रदेशमा रहेको पर्यटकीय संभावनाको खोजी गरी प्रदेशको समृद्धिमा ध्यान दिने बताए ।