पथरी । युवासंघ नेपाल कानेपोखरी गाउँकमिटिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औँ प्रधान मन्त्रिमा र प्रदेश नं.१ को मुख्य मन्त्रि सेरधन राई नियुक्त भएकोमा दिपावली गरेको छ । विहिबार ७ बजे कानेपोखरी–६ स्थीत रमाइलो चौकमा मैनबत्ति बालि दिपावली गर्दै खुसियाली मनाएका छन् । उपस्थीत एमालेका अतिथिहरुले मैनबत्तिले ४१ औँ सांङ्केतीक अंकलेखेर मनाएका थिए । नेकपा एमाले जिल्ला कमिटि सचिवलाय सदस्य तथा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादर काफ्ले,नेकपा एमाले जिल्ला कमिटि सदस्य भोला अधिकारी ,नेकपा एमाले कानेपोखरी गाउँपालिका पार्टी सहसंयोजक सुशिल बुढाथोकी,वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेत र वडा नम्बर ७का वडाध्यक्ष मोहन अधिकारी लगाएतको उपस्थीतमा दिपावली मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि ताराबहदुर काफ्ले र सुशिल बुढाथोकीले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । युवासंघ नेपाल मोरङ जिल्ला कमिटिका सचिवलाय सदस्य कुमार फुयलकोअध्यक्षतामा भएको कार्यक्रममा युवासंघ नेपाल क्षेत्र नं. ३ का क्षेत्रिय सदस्य एविन पाठकले कार्यक्रम संचालन गरेका थिए । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री वनेको मोरङको पथरीशनिश्चरेमा विहिबार साँझ दिपावली गरेका छन् । युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले नेपालका ४१ औं प्रधानमन्त्री ओलीको स्वागतमा पथरी चोकमा ४१ वटा मैनवत्ती वाल्दै पटाका पड्काउँदै खुसीयाली मनाएको हो । कार्यक्रममा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला र वडा नम्बर १ वडाध्यक्ष वावुराम एङ्देनले शुभकामना मन्तव्य दिएका थिए ।