नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा भेटिएको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । समाचार अनुसार भारत, बिहार राज्यको दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनअाइसी डट आईएनमा भेटन सकिन्छ । दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आईडी) आईएजी ०३७३१८३ छ । उनको मतदाता क्रमांक १७५ छ ।