पथरी । मोरङको पथरीशनिश्चरे नपा—१, पथरीबजारमा स्थापीत एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयको ३२ औ बार्षिक उत्सव तथा अविभाबक दिवसको अवसरमा तीनदिने बार्षिक उत्सव कार्यक्रम सुरु भएको छ । शनिबार विद्यालयले एक कार्यक्रमको विच विविध कार्यक्रमको विच शुरु भएको हो । तीनदिने कार्यक्रममा अभिभावकको खेल विद्र्थीहरुको खेलकुद, विज्ञान प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमहरु गरी सोमबार बार्षिक उत्सव गरी समापन गरिने विद्यालयको निर्देशक रविन कन्दङ्वाले बताए । खेलको पहिलो दिन अविभावकबीच विभिन्न खेलकुद कार्यक्रम भएको छ । अविभावकबीच हण्डिफोर, लट्ठा तान्ने, म्युजिकल चेयर, छेलो, सियोमा धागो उन्ने लगाएतको खेल भएको छ । महिलाहरुबीच भएको म्युजिकल चेयर खेलमा अन्जना चपागाई, सरिता राई र देवी कटुवान क्रमस प्रथम, दोस्रो र तेस्रो भएका छन् । त्यसैगरी छेलो हान्नेमा पुरुषतर्फ श्याम श्रेष्ठ, नरेन्द्र मगर, भूपाल गुरुङ, महिलातर्फ संगीता सुब्बा, रबिना लिम्बू र सुभद्रा निरौला प्रथम देखि क्रमस तेस्रो भएका छन् । त्यसैगरी हण्डीफोरमा सुसिला खालिङ्गले पुरस्कार जितेकी छन् । सियोमा धागो उन्नेमा सिना लिम्बू, गंगा भट्टराई, मिना कार्की प्रथम, दोस्रो र तेस्रो भएका छन् । आइतबार विद्यार्थीहरुको विज्ञान तथा कला प्रदर्शनी, कक्षा नर्सरीदेखि १२ सम्म अध्ययरत विद्यार्थीहरुले बनाएका रोर्बट, मोटर, लिप्ट, स्मार्टसिटी, बोटानिकल गार्डेन प्रदर्शनहुने विद्यालय निर्देशक कन्दङ्वाले बताए । कार्यक्रमको अन्तिम दिन बृहत साँस्कृतिक कार्यक्रमवीच पुरस्कार वितरणसहित समापन हुने विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए ।