बारा । नवौं रुस्लान सिमरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रीस्टारलाई २–० हराउँदै उपाधि जित्न सफल भयो ।

नव जनजागृति युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसहित आर्मीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया समेत हात पार्यो । व्यक्तिगत विधातर्फको पुरस्कारमाथि पनि अधिकांश आर्मी कै खेलाडीले कब्जा जमाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका दिनेश हेन्जन घोषित भए । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका हेन्जनले नगद १५ हजार पनि प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मी कै बिकेश कुथु घोषित भए भने उत्कृष्ट डिफेन्डर आर्मी कै बिमल पाण्डे घोषित भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार थ्रीस्टारका निराजन खड्काले जिते भने उत्कृष्ट फरवार्ड आर्मीका जर्ज प्रिन्स कार्की घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षक आर्मी कै नविन न्यौपाने घोषित भए । सबैले जनही १५–१५ हजार हात पारे ।

त्यस्तै म्यान अफ द फाइनल पनि आर्मी कै सन्तोष तामाङ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने आयोजक नव जनजागृति युवा क्लब (निलो) ले हात पार्यो ।