विराटनगर/  नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दलको नेतामा सुनसरीका राजीव कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर १ को कांग्रेस संसदीय दलका लागि नेताका लागि शेखरचन्द्र थापाले अन्तिम समयसम्म आएर उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचन मार्फत नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

मोरङबाट प्रदेश सदस्यमा निर्वाचित केदार कार्कीले पनि उम्मेदवारी फिर्ता लिएपछि सहमतिमा कोइरालालाई संसदीय दलतका नेतामा निर्वाचित गरेका मोरङ काँग्रेसले जनाएको छ । आकांक्षी देखिएका कार्की र थापाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित भए । निर्विरोध रुपमा निर्वाचित भएपछि कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले विकास निर्माणमा संसदीय दलसँग समन्वय गरेर अगाडि बढने बताए ।

राजीव कोइराला संसदीय दलको नेता, नेपाली कांग्रेस, प्रदेश १ २०३५ सालदेखि नेविसंघमा सक्रिय हुदै नेपाली कांग्रेसको राजनीतिमा लागेर कोइराला सुनसरी जिल्लाको सचिव हुदै निरन्तर दुई कार्यकाल सभापति भएका छन् । कोइराला सुनसरी जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभामा विजय भएका हुन् । प्रदेश १ मा कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रदेशसभामा नेपाली कांग्रेसले २१ सिट प्राप्त गरेको छ ।

फोटो छ ।