तरहरा/ नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा यही फागुण १३ देखि २०गते सम्म प्रदेश १ को एक्सपर्ट अन्तर कलेज स्तरीय नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवम क्रिकेट प्रशिक्षक सीपी पौडेलले पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउन क्रिकेट प्रतियोगिता गर्दैै यो प्रतियोगिता क्रिकेट खेलका लागि उच्च दक्ष जनशक्ति उत्पादनका लागि गर्न लागिएको बताए ।

देशका ठूला १२ वटा शहरहरुमा सञ्चालन हुने यो प्रतियोगिता अन्तर्गत प्रदेश १ को इटहरीमा हुन लागेको यस प्रतियोगिता अन्तर्गत इटहरी क्षेत्रका कस्तुरी कलेज कोशी सेन्टजेम्स कलेज, सुषमा कलेज विश्व आदर्श कलेजक र जनता कलेज लगायतका १० वटा कलेजको सहभागिता रहने बताईएको छ । दुई लाख पँचास हजार रुपियाँको खर्चमा सम्पन्न हुने यो एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विजेता टिमलाई राजधानी काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गर्ने कार्यक्रम रहेको पनि संयोजक पौडेलले जानकारी दिए ।

इटहरीमा सम्पन्न हुने कलेजस्तरीय प्रतियोगिताका विजेता प्रथम हुनेले क्रिकेट ब्याट सहित किट मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले पनि क्रिकेट जर्सी सहित अन्य मेडल प्रमाण पत्र एवम ट्रफि प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान आफ म्याच सर्वोत्कृष्ठ खेलाडीको ट्रफि प्रमाण पत्र बेष्ट बलर ट्रफि प्रमाण पत्र आदि पुरस्कार समेत उपलब्ध गराईने कार्यक्रम रहेको बताईएको छ ।