काठमाडौं/ नेकपा माओवादी केन्द्रले आज मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेको छ । मन्त्री हुनेहरुको नाम सार्वजनिक गरेसँगै स्रोतका अनुसार रामबहादुर थापाले माओवादीबाट गर्ने विषयमा सहमति भएको छ ।

त्यस्तै पूर्वगृहमन्त्री वर्षमान पुनलाई गृहमन्त्रालय दिने विषयमा पनि सहमति नजिक पुगिएको एक माओवादी नेताले बताए ।

यद्यपी पूर्वगृहमन्त्रीद्धय शक्ति बस्नेत र जनार्दन शर्मासहित मात्रिका यादवले पनि गृहमन्त्रालय नै दाबी गर्दै आएका छन् । तर जनार्दन शर्मा केपी ओली नेतृत्वको सरकारमा नजाने पक्कापक्की भइसकेको छ ।

शर्मालाई अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बताएको छ । त्यस्तै अग्नि सापकोटालाई पनि प्रचण्डले पछि मन्त्री बनाउने आश्वासन दिएका छन् ।

सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफू प्रधानन्त्री हुँदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।