मोरङ/ मोरङको पथरीशनिश्चरे २ मा निर्माणाधिन अवस्थाको सरकारी अस्पतालका लागि जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले एकथान जेनेरेटर उपलब्ध गराएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक खेमप्रसाद शिवाकोटीले सोमबार पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई अस्पतालको नवनिर्मित भवनमा जेनेरेटर हस्तान्तरण गरेका छन् ।

त्यहाँ निर्मित स्वास्थ्य चौकीको भवनलाई कम्तिमा २५ शैयाको अस्पतालका लागि प्रक्रिया अघि बढाइएको अवस्थामा आवश्यक सामग्रीहरु सरकारसँग माग गर्ने क्रम रहेको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए ।