तरहरा/ जनता बहुमुखी क्याम्पस इटहरी एक नम्बर प्रदेशस्तरिय अन्तरकलेज क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालय इन्टरनेशनल काठमाण्डौको आयोजनामा इटहरीमा आइतबारदेखी जारी एक्सपर्ट अन्तर कलेज स्तरीय लिगकम नकआउट क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न पहिलो खेलमा सुष्मा गोदावरी कलेजलाइ १० रनले पराजित गर्दै जनता क्याम्पस सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

यसअघि आइतबारको उद्धघाटन खेलमा कोशी सेन्टजेम्स कलेजलाइ पराजित गरेको जनता क्याम्पस समुह क को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको जनता क्याम्पसले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ ओभर खेल्दै १ सय २७ रनको स्कोर खडा गरी अलआउट भएको थियो । जसमा मनिष दाहालले सर्वाधिक ३० रन बनाउदा बिकेश बञ्जराले १५, एञ्जल थापाले १३ र सन्दिप खड्काले ११ रन बनाए । बलिङतर्फ शुष्मा कलेजका रोशन तुवाइले ३ विकेट र उज्वल श्रेष्ठले २ विकेट लिए ।

जवाफमा १ सय २८ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको शुष्मा कलेज निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो । जसमा म्यान अफ द म्याच सरोज कटुवालले सर्वाधिक ५५ रन बनाए पनि हार टार्न सकेनन । सुष्मा कलेजका बब्लु झाले १९ रन बनाएर कटुवाललाइ साथ दिएपनि अन्य खेलाडीले दोहोरो स्कोरको रन जोड्न नसक्दा जनता क्याम्पस बिजयी भएको हो । बलिङतर्फ जनताका उज्वल श्रेष्ठले २ विकेट लिए ।

यस्तै सोमबार नै सम्पन्न दोसो्र खेलमा बिश्वआदर्श कलेजले शिक्षादिप कलेज बिराटनगरसंग बराबरी खेल्दै अंक बांडेको छ । सेमिफाइनल प्रवेश गर्न समुह ख मा रहेको बिश्वआदर्शले मंगलबार हुने शिक्षादिप र कस्तुरी कलेज बिचको नतिजा कुर्नुपर्ने हुन्छ । सोमबार नै भएको रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव ५ ओभर खेल्दै ९३ रन बनाइ अलआउट भयो । जसमा निशन महतले २२ रन बनाउदा धिरेन कुमारले १६, सेमन्त रेग्मीले १४ र प्रवेश प्रधानले १३ रन बनाए । बलिङतर्फ शिक्षादिपका आयुस ओडारीले ३ विकेट तथा अनुज यादव र प्रनिष पौडेलले २–२ विकेट लिए ।

प्रतिउत्तरमा ९४ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको शिक्षादिप कलेजले निर्धारित १८ ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ९३ रन मात्र जोड्न सकेपछी खेल टाइ भएको हो । शिक्षादिपका लागी रेवती यादवले १९ रन बनाउदा रितेश माझीले १६ र बालकृष्ण यादवले १५ रन बनाए । बलिङतर्फ बिश्वआदर्शका भुपाल लुइटेल, निश्चल भटराइ र अंकित गुरागाइले १–१ विकेट लिए । सो खेलको म्यानअफ द म्याच बिश्वआदर्शका निशन महत घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल सुष्मा कलेज र कोशी कलेज इटहरी बिच हुनेछ भने दोसो्र खेल शिक्षादिप कलेज बिराटनगर र कस्तुरी कलेज इटहरीबिच हुने प्रतियोगिता संयोजक एवम सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले बताए ।