सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

इरफान खान ब्रेन क्यान्सरबाट पीडित

ब्लाष्ट खबर फागुन २३, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
इरफान खान ब्रेन क्यान्सरबाट पीडित
बलिउड अभिनेता इरफान खानलाई क्यान्सर पिडित भएका छन् । जयपुर मूल निवासी भएका इरफानलाई ग्लियोब्लास्टोमा मल्टीफोर्मे ग्रेड ४ छ । यो ज्यानमारा क्यान्सर हो । उनलाई अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

नीडल बायोप्सी गरेपछि चिकित्सकहरूले इरफानको शरीरमा रहेको ट्युमरको सही स्थिति पत्ता लगाउनेछन् । त्यसपछि उनलाई कीमोथेरापी गराइनेछ ।

इरफानले एक ट्वीट गरेर लेखेका छन्, ‘कहिलेकाहीँ तपाईं एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवनको रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैं आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु ।’

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार