इटहरी/आगामी फागुन ३० गतेदेखि राष्ट्रिय स्तरका खेलाडीको सहभागितामा इटहरीमा मेयर कप पूरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नगद पुरस्कार ४ लाख ५५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

[caption id="attachment_75676" align="aligncenter" width="1280"] मेयर कप पूरुष भलिवल प्रतियोगिता बारे शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै क्षेत्रीय भविलल संघ तथा व्यवस्थापन क्लबका पदाधिकारीहरु ।
तस्विरः बाबुराम सुवेदी[/caption]

पूरुष खेलाडी सहभागी गराईने सो प्रतियोगितामा पहिलो हुने टीमले नगद २ लाख, देस्रो हुनेले एक लाख तेस्रो हुनेले ५० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टीमले २५ हजार सहित ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसै गरी पाँच उत्कृष्ट विधा, स्पइकर, क्लबर, सेटर, डिफेन्डर र सर्बरलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै म्यान अफ द टुर्नानेमन्टलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजलकले जनाएको छ ।

प्रगति समाज सेवा इटहरी र इटहरी खेलकुद समाज तरहराको व्यवस्थापनमा इटहरी रंगशालामा हुने सो प्रतियोगिताको समापन चैत्र ३ गते हुने छ । पत्रकार सम्मेलनमा क्षेत्रीय भलिवल संघका अध्यक्ष विश्वराज धिमालले सात प्रदेशका टीमहरुको सहभागिता रहने जानकारी दिए । सहभागी टीमले विभागीय तथा राष्ट्रिय खेलाडीहरु तीन जन सहभागी गराउन सक्ने आयोजकले प्रावधान राखेको छ । पत्रकार सम्मेलनमा क्षेत्रीय भलिवल संघका सचिव लेखनाथ शर्मा सहित पूर्व राष्ट्रिय खेलाडी तथा व्यवस्थापन क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।