पानवारी । प्रथम शहिद स्मृति क्रान्तिकारी कप फुटबल प्रतियोगिताको उपाधी धरान सिटी कलेजले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पसलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरी धरान सिटी कलेजले उपाधी जितेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । ट्राइब्रेकरमा धरान सिटी कलेजका तर्फबाट सन्तोष लिम्बू, जलन सुब्बा र आशिष शाहले गोल गरेका थिए भने अनुप राईले गोल गर्न सकेनन् । त्यस्तै गरी महेन्द्रको तर्फबाट राम तामाङ र पदम विष्टले मात्र गोल गरे भने संगम राई, सुजन श्रेष्ठ र एलन श्रेष्ठले गोल गर्न नसक्दा टोली पराजित भएको थियो ।
प्रतियोगिताको विजेता धरान सिटी कलेजले ३० हजार नगदका साथै ट्रफि जितेकोछ भने उपविजेता महेन्द्र बहुमुखी क्याम्पसले नगद रु २० हजार सहित ट्रफि जितेको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी टाइसन राई घोषित भएका थिए । त्यस्तै गरी बेष्ट डिफेन्स जतन सुब्बा, बेष्ट किपर विरेन मगर, वेष्ट मिडफिल्ड आशिष शाह, उच्च गालकर्ता निमेश शाही, वेष्ट स्ट्राइकर अनिश राई घोषित भएका थिए ।
प्रतियोगिताको विजेता टीमलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद उमिता बराईली, विशेष अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो लगायतले पुरस्कार वितरण गरेका थिए ।