बलिउड सुपरस्टार को निधनले बलिउड यतिवेला शोकमा छ । यद्यपि, उनका फ्यानहरूका लागि सान्त्वना मिल्ने एउटा समाचार बाहिरिएको छ ।

मान्जा मोहित मारवाहको विवाहमा दुबई गएका वेला श्रीदेवीको होटेलको बाथटबमा डुबेर निधन भएको थियो ।

२८ फेब्रुअरीमा मुम्बईमा अन्त्येष्टि गरिँदा उनका पति बोनीले कुनै प्रतिक्रिया नदिए पनि अब भने उनले श्रीदेवीका बारेमा ‘विस्तृत डकुमेन्ट्री’ बनाइनुपर्ने बताएका छन् ।

जुन डकुमेन्ट्रीमा श्रीदेवीको जीवनका धेरै अवस्था देखाउन सकियोस् भन्ने चाहना पनि बोनीले व्यक्त गरेका छन् । सो डकुमेन्ट्रीमा उनका कतिपय नदेखिएका क्षणहरू पनि समाहित गरिनेछन् ।

यसका लागि बोनी कपुरले शेखर कपुरलाई निर्देशनका लागि आग्रह गरेका छन् । शेखरले श्रीदेवीसँग ‘मिस्टर इन्डिया’ निर्माण गरेका थिए । जुन श्रीदेवीको लोकप्रियमध्ये एक फिल्म हो ।