विराटनगर । पाँचौ संस्करणको विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । विराट गोल्ड कप आयोजक समितिले बिहीबार साझ पत्रकार सम्मेलन गरी रात्री कालिन हुने गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
शनिबार हुने गोल्डकपको पहिलो दिन आयोजक रिजालको मोरङ ११ र भुटानको थिम्पु फुटबल क्लब बिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिए । चैत १७ देखि २६ गतेसम्म विराटनगरको सहिद रङ्गशालमा हुने गोल्डकप रातिको समयमा हुने भएको हो । मोफसलमा पहिलो पटक रात्रिकालीन गोल्ड कपमा गर्ने तयारी गरेको रिजालले बताए ।
गोल्ड कप हुने स्थानमा ३५ लाख रुपैयाँ खर्च गरेर फल्डलाइट जडान गरिएको आयोजकले जनाएको छ । दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको हो । प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको अध्यक्ष रिजालले जानकारी दिए ।
छ वटा पोलमा लाइट जडान गरिएको छ । प्रत्येक पोलमा कम्तीमा २० वटा वत्ती छन् । ‘रातको समयमा खेल हुने भएका कारण रातिलाई पर्याप्त प्रकाश होस भनेर एउटा पोलमा कम्तीमा २० वटा वत्ती जडान गरिएको छ,’ रिजालले भने । आवश्यक परे अरु वत्ती पनि पछि थप गरिने जानकारी उनले दिए । उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम लाइट जडान गरिएको बताए ।
गोल्डकपमा भारतको दुई टिम र भुटानसहित नेपालका गरी १० टिमको सहभागि हुनेछ । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब छ । त्यस्तै नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने छ ।
गोल्डकपको विजेताले नगद १२ लाख ७१ हजार र उपविजेताले पा“च लाख ५१ हजार रुपैया“ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् ।
प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैया“ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैया“ पुरस्कार प्रदान गरिने छ ।
२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको हो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता संचालन हु“दै आएको छ ।