इलाम । कुम्मायक गाँउपालिकाको केन्द्र यासोकमा प्रत्येक तीन वर्षमा लाग्ने ऐतिहासिक त्रीशाली मेलाको अवसरमा दोश्रो कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुदैछ । त्रीशाली मेला आगामी बैसाक २४, २५ र २६ गते लाग्दैछ । मेलाकै अवसर पारेर बैसाक २० गतेबाट गोल्डकप आयोजना गरिएको आयोजक रानीगुफा सेवा समाजका सचिव टंकबहादुर पौडलले वताए । गोल्डकपको पहिलो संस्करण सयपत्री सर्वोत्तमुखि युवा क्लवले आयोजना गरेको थियो भने यस संस्करणबाट नवस्थापित रानीगुफा सेवा समाजले आयोजना गर्न थालेको हो । प्रतियोगितामा चर्च व्वाइज क्लव काठमाण्डौँ, व्वाइज युनियन क्लव काठमाण्डौँ, विर्ता युनाइटेड झापा, मोरङ ११, सुनसरी ११, कञ्चनजंघा फुटवल क्लव सिलिगुढी भारत, ताप्लेजुङ जिल्ला फुटवल संघ र आयोजकको फुटवल टोलीले सहभागिता जनाउने आयोजक संस्थाका खेल संयोजक शीव लावतीले वताए । पृथ्वी माध्यमिक विद्यालय यासोकको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १११ रुपैँया तथा उपविजेताले १ लाख ५ हजार ५५५ रुपैँया सहित ट्रफी, मेडल हात पार्नेछ । यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ५ हजार रुपैँया सहित पुरस्कृत गरिने लावतीले वताए । यस अतिरिक्त प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, सर्वाधिक गोल कर्तालाई १० हजार रुपैँया तथा प्रतियोगिता अवधिभरमा प्रत्येक विधाका उत्कृष्ट एक खेलाडीलाई ५÷५ हजार रुपैँया सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । @* लाख रुपैँयाको लागतमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगितालाई कुम्मायक गाँउपालिकाले प्रवद्र्धकको भूमिका निर्वाह गरेको छ । प्रतियोगिता सम्पन्न गर्न गेट टिकट, देश तथा विदेशमा रहेका नेपालीहरु मार्फत सहयोग सङ्कलन, स्थानीय संघ संस्था तथा सरकारी निकायसँग सहयोग सङ्कलन गर्ने तयारी गरिएको खेल संयोजक लावतीले वताए । आयोजक संस्थाले सबै पक्षसँग समन्वय र सहकार्य गरेर प्रतियोगिता सफल पार्ने लक्ष्य लिइएको सचिव पौडेलले वताए । यासोक स्थित कुम्मायक र कुस्सायक माङ्हिम मन्दिरमा प्रत्येक तीन वर्षमा ऐतिहासिक त्रीशाली मेला लाग्ने गरेको छ । कुम्मायक र कुस्सायकको दर्शन गरे आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण देश तथा विदेशबाट लाखौँको संख्यामा मेलाको समयमा दर्शनार्थीहरु आउने गरेका छन् । सुख्खाग्रस्त क्षेत्र भएपनि यासोकमा यो मेला अत्यन्तै भव्य रुपमा सम्पन्न हुने गरेको छ । मेलाकै अवसर पारेर अघिल्लो पटकको मेलाबाट कुम्मायक कुस्सायक गोल्डकपको आयोजना गर्न थालिएको हो । गोल्डकपले त्रीशाली मेलाले जस्तै कुम्मायक र कुस्सायक क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय खेलाडी उत्पादन तथा खेलकुदको विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।