विराटनगर/ पाँचौ संस्करणको विराट गोल्डकपको आज शनिबार साझ विराटनगरको सहिद रङ्गशालमा सुरु हुँदैछ । गोल्डकपको पहिलो दिन आयोजक रिजालको मोरङ ११ ले पाहुना टिम भुटानको थिम्पु फुटबल क्लब बिचको रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

[caption id="attachment_78095" align="aligncenter" width="960"] शनिबार हुने गोल्डकपको खेलमैदान ।
तस्विर: अनिल श्रेष्ठ[/caption]

मोरङको टिमबाट दुई जना राष्ट्रिय खेलाडी सहित तीन जना विदेशी खेलाडीलाई मैदान उतार्ने तयारी रहेको मोरङ ११ का टिम प्रशिक्षक पारस चौधरी जानकारी दिए । मोरङ ११ बाट राष्ट्रिय खेलाडी दिपक राई र निरज बस्नेत मैदान प्रवेश गर्ने बताइएको छ । राष्ट्रिय खेलाडी र विदेशी खेलाडीको साथ मैदान उत्रिने मोरङले ४–४–२ को पोजिसनमा खेल प्रद्र्धन गर्ने तयारी गरेको प्रशिक्षक चौधरीको भनाई छ ।

गोल्डकप खेल्न दुई दिन अगाडी नै विराटनगर आएको भुटानको थिम्पु फुटब क्बलका खेलाडीहरु समेत उत्कृष्ट प्रर्दशन गर्ने तयारी रहेको बताइएको छ ।

चैत १७ देखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप रातिको समयमा हुने भएको हो । मोफसलमा पहिलो पटक रात्रिकालीन गोल्ड कप हुन लागेको गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । गोल्ड कप हुने स्थानमा ३५ लाख रुपैयाँ खर्च गरेर फल्डलाइट जडान गरिएको आयोजकले जनाएको छ । दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको हो ।

गोल्डकपमा भारतको दुई टिम र भुटानसहित नेपालका गरी १० टिमको सहभागि हुनेछ । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब छ । त्यस्तै नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने छ ।

गोल्डकपको विजेताले नगद १२ लाख ७१ हजार र उपविजेताले पा“च लाख ५१ हजार रुपैया“ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैया“ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार रुपैया“ पुरस्कार प्रदान गरिने छ ।

२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको हो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता संचालन हु“दै आएको छ ।