विराटनगर/ काठमाण्डौंको कीर्तिपुरमा चैत १८ गते हुने नेपाल मारवडी क्रिकेट लिगको फाइनल खेल्न विराटनगरबाट मारवडी यूवा मन्चका खेलाडीहरु काठमाण्डौतर्फ प्रस्थान गरेका छन् ।

मारवडी यूवा मन्चको सदस्य मनोज सोहनीले क्रिकेट खेलाडीहरुको प्रतिनिधित्व गर्दै काठमाण्डौतर्फ शुक्रबार खेलाडीहरु प्रस्थान गरेका हुन् ।

खेलाडीहरुलाई मारवडी युवा मन्चले शुक्रबार विराटनगरको शनिहाटखमा रहेको मारवडी सेवा सदनमा एक कार्यक्रमको विच विदाई गरेको थियो । मारवडी यूवा मन्च विराटनगर फाइनलमा भैरवा मारवडी युवा मन्चसँग प्रतिस्पर्धा गर्ने विराटनगरका क्याप्टेन कपिल बाहेतीले जानकारी दिए । २० जना क्रिकेट खेलाडीहरु काठमाण्डौतर्फ फाइनल खेल्न गएको मारवडी यूवा मन्चको उपाध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । ‘यस अघि पनि काठमाण्डौमा भएको नेपाल मारवडी क्रिकेट लिगमा विराटनगरमो टिमले उपाधि जितेको थियो,’ टिमका कप्तान कपिलले भने, ‘यस पटक पनि उपाधि दो¥याएर विराटनगर आउनेछौं ।’

मारवडी यूवा मन्चले क्रिकेट खेलाडीहरुलाई विदाई गर्दै ।