युरोपियन च्याम्पियन्स लिग अन्तर्गत भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् । पहिलो खेलमा रियल म्याड्रिड र युभेन्टस प्रतिष्पर्धामा उत्रिने तालिका रहेको छ । खेल तालिका अनुसार सेभिल्ला र बार्यन म्युनिख पनि प्रतिष्पर्धामा उत्रिने छन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियलले पहिलो लेगमा युभेन्टससँग एलिनाज स्टेडियममा आज राति पौने एक बजे खेल्नेछ । रियाल प्रशिक्षक जिनेदिन जिदानको पूर्व क्लब युभेन्टसविरुद्धको खेलमा क्लबका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, मिडफिल्डर इस्को टिममा फर्किनेछन् । रियल र युभेन्टसको यो युरोपियन प्रतियोगितामा २० औं भिडन्त हुनेछ । यसअघि खेलेका खेलमा रियलले नौ मा जित निकालेको छ भने युभेन्टस आठमा विजयी भएको छ । युभेन्टस च्याम्पियन्स लिगमा धेरैपटक सेमिफाइनलमा पुग्ने एक्लो टिम हो । अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा युभेन्टस २७ खेलदेखि अपराजित रहँदै आएको छ ।

जसमा उसले १६ खेलमा जित निकालेको छ भने बाकीँ खेलमा बराबरी खेलेको छ । अर्को खेलमा सेभिल्लाले जर्मन जाइन्ट बार्यन म्युनिखसँग खेल्नेछ । क्वाटरफाइनलमा म्यानेचस्टर युनाइटेडलाई हराएको सेभिया घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा छ ।