विराटनगर । चिरप्रतिदन्दी टिम मनाङ मस्र्यादी क्बललाई पन्छयाउँदै थ्रि स्टार क्बल पाँचौ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रङगशालमा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङलाई २–१ गोल अन्तरले निराश पार्दै थ्रि स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै थ्रि स्टारले चैत २४ गते संकटा क्बलसँग प्रतिस्पर्धा गर्नेछ । निकै रोमान्चक भएको खेलको सुरुवातमा मनाङले पहिलो हाफसम्म थ्रि स्टारले दबाबमा राखेको थियो । पहिलो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको मनाङले खेलको १९ औं मिनेटमा सुवास गुरुङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै बिशाल राईले डिबक्स भित्रबाट प्रहार गोलमा परिणत भयो । खेलको १० औं मिनेटमा थ्रि स्टारका अनन्त तामाङले डिबक्स भित्रबाट गरेको हेडिङ पोस माथिबाट बाहिरियो । पहिलो हाफमा गोल गर्ने सुन्दर अवसर खेर जाँदा पहिलो हाफमा मनाङले गोल गर्ने अवसर खेर गयो । दोस्रो हाफदेखी थ्रि स्टार शसत्त रुपमा मैदान उत्रियो । दोस्रो हाफदेखी मनाङलाई थ्रि स्टारले दबाबमा राखो । खेलको ७१ औं मिनेटमा मनाङका गोल रक्षक बिसाल श्रेष्ठले डिक्सभित्र थ्रि स्टारका विदेशी खेलाडी माट्रिनलाई लडाउँदा थ्रि स्टाले फउस स्वरुप पेलान्टी पायो । पलान्टी सुटआउटमा थ्रि स्टारका बिमल घर्तिमगरले प्रहार गरेको गोलले जाली चुम्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमा ल्याएसँगै दबाबमा परेको मनाङले दोस्रो हाफसम्म सुन्दर गोल गर्ने अवसरहरु चुकायो । थ्रि स्टारले पेलान्टी पाएर गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पुन अर्को गोल थपो । थ्रि स्टारका विदेशी खेलाडी माट्रिनले ७५ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गोलमा परिणत भयो । उनले गरेको गोल नै टिमको लागि जित सुनिश्चित हुन सफल भएको थियो । खेलको ८० औं मिनेटमा थ्रि स्टारका बिमल घर्तिमगरले ३० यार्डबाट प्रहार गरेको बल बाहिरीदा थप गोल गर्नबाट बन्चित भयो । बिमलले शसत्त रुपमा प्रहार गर्न नसक्दा थ्रि स्टारको थप गोल गर्न सकेन । खेलको ८३ औं मिटेनमा मनाङका अन्जन विष्टले गोल गर्ने अवसर चुकाउँदा खेल बराबरीमा ल्याउन सकेन । राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण भएको खेल निकै रोमान्चक भएपनि बिहीबार विहान परेको पानी खेलमैदानमा जम्दा खेलाडीहरुले सोचेजस्तो प्रदर्शन गर्न नसकेको प्रष्ट देखिन्थो । खेलको म्यान अफ द म्याच थ्रि स्टारका खेलाडी माट्रिन घोषित भइ उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको आज शुक्रबारको पहिलो सेमिफाइनल खेल झापा ११ नेपाल आर्मी क्बल बिच हुनेछ ।