भेडेटार । गोर्खाबाट पर्यटकिय क्षेत्र भेडेटार आएको पर्यटकलाई भेडेटार प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन । मापासेले लठ्ठ भएका इलाका प्रहरी कार्यलय भेडेटारका सई तुलसी निरौलाले पर्यटकहरुलाई मनपरी भन्दै डेढ घण्टा थुनेर आतंकित बनाएको पर्यटकहरुले गुनासो गरेका छन । गोर्खाको गण्डकी गाउँपालिकाबाट भ्रमणमा आएका टोलीलाई प्रहरीले ज्यादती गरेको हो । गत जेष्ठ ७ गते गण्डकी गाउँपालिका वडानम्वर १ र २ को वालमैत्री शुसासन अवलोकन भ्रमणमा आएका दुई वडाअध्यक्ष ८० जना विद्यार्थीलाई सई निरौलाले मातेको सुरमा मनपरी भन्दै केहिलाई डेढ घण्टा प्रहरी कार्यलयमा थुनेर यातना दिएको गुनासो गरेका हुन । होटल भेडेटारको बाहिर बसीरहेको अवस्थामा सादा पोषाकमा आएका सईले पर्यटकहरुलाई थर्काएको प्रत्यक्षदर्शीहरुले समेत स्वीकार गरेका छन । होटलमा सादा पोसाकका सईले प्रहरीहरु वोलाई पर्यटकहरुलाई खेदाउँदा विद्यार्थीहरु आतंकित बन्न पुगेको एक पत्यक्षदर्शीले नाम नवताउँने सर्तमा भने । गण्डकी गाउँपालिका १ र २ का वडाअध्यक्षद्धय गिरबहादुर गुरुङ र देउवहादुर गुरुङ सहितको विद्यार्थी टालीलाई सईले मनपरी भन्दै खेदेको गण्डकी गाउपालिकाबाट घुम्न आएका नवराज अधिकारीले वताए । मापासे गरेका सईले आफुहरुलाई दुब्र्यहार गदै केहि साथीहरुलाई एक डेढ घण्टाभन्दा बढि नियन्त्रणमा लिएर छोडेको वताए । हामीलाई भेडेटारमा अन्याय भयो हामी यस विषयमा गाउपालिकामा बैठक गदै छौ,कार्वार्हीको माग गछौ अधिकारीले भने । हामीले भेडेटारको बारेमा धेरै राम्रो सुनेर एक रात बस्नेगरी विद्यार्थी लिएर गएको थियौ तथानाम गाली खाएर फर्कनु पर्यो फोन सम्पर्कमा अधिकारीले भने । पर्यटकहरुले सईको हर्कतको भिडियो समेत खिचेर राखेको वताएका छन । होटल एसोसिएसन भेडेटारको सचिब जितेन्द्र राईले मादक पदार्थ खाएर सई सायबले पर्यटकहरु सँग झगडा गर्यो भनेको सुनियो । उताबाट आएको पर्यटकहरु सँग भेट्न पाईएन उनीहरु विहानै हिडेका कारण राईले भने । पर्यटक क्षेत्रमा सबै किसिमका ब्यक्तिहरु आएका हुन्छन पर्यटकहरुलाई प्रहरीले दुःख दिएइरहेको छन भनेर ब्यावसायीहरुले गुनासो गरीरहेको उनको भनाई थियो । पर्यटकहरुलाई दुःख दिन काम भन्दा पनि शान्तीसुरक्षाको विषयमा प्रहरीले ध्यान दिनु पर्छ सचिव राईले भने । प्रहरीहरुको ब्यावहार सुध्रनु पर्छ राईले थपे । इलाका प्रहरी कार्यलय भेडेटारका सई तुलसी निरौलाले भने गोर्खाबाट घुम्न आउँनु भएको रहेछ म सँग डिसकस भयो,मैले प्रहरी कार्यलय भित्र सम्झाए,आधा एक घण्टा कार्यलयमा राखे पछि हामीले उहाँहरुलाई छाडेका हौ सई निरौलाले भने । आफुले मादक पदार्थ सेबन नगरेको भन्दै उनले पर्यटकहरुले मादक पदार्थ खाएर हल्ला गरेको भन्दै आफ्नो बचाउ गरे । मैले हो हल्ला नगर्नुहोस भन्दा नटेरे पछि उनीहरुलाई थुनेको थिए पछि सहमतीमा छोडे सई निरौलाले भने । भेडेटारका होटल ब्यावसायीहरुले भने सई निरौलाले पछिल्लोे समयमा राम्रो काम नगरेको भन्दै असन्तुष्टी जनाउँदै आएका छन ।