पाँचथर । फाल्गुनन्द गाउँपालिका–१, बस्ने ६० बर्षिय राम बहादुर श्रेष्ठ जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीमाथि गत २३ बैशाखमा रातको समयमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप छ ।
पीडित महिलाले दिएको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश कुमार गुप्ताले बताए । निज उपर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।