धरान । विश्वकप फुटबलको समूह ‘बी’ मा स्पेनले इरानमाथि सङ्र्घषपूर्ण जित हात पारेको छ । स्पेनले इरानमाथि १–० गोल अन्तरले जित हासिल गर्दा महत्वपूर्ण ४ अङ्क जोडेको छ । जसमा डिएगो कोष्टा नायक बने । उनले समूह ‘बी’ कै अर्को देश पोर्चुगलका नायक क्रिष्टियानो रोनाल्डोलाई पछ्याउँदै छन् । कोष्टाको पोल्टामा तीन गोल पुगेको छ । रोनाल्डोले व्यक्तिगत ४ गोल गरेका छन् । स्पेन र पोर्चुगलबीचको पहिलो खेलमा कोष्टाले २ गोल गर्दा रोनाल्डोले तीन गोल गरेका थिए । कोष्टालाई खेलको उत्तराद्र्धमा परिवर्तन गरिएको थियो । रोनाल्डो भने निर्धारित ९० मिनेट नै खेलेका थिए । पोर्चुगलसँगको खेलमा कोष्टाले थप एक गोल गर्ने मौका खेर फालेका थिए । बुधबार रातिको खेलमा स्पेनका कोष्टाले खेलको ५४ औं मिनेटमा गोल गरे । इरानले दास्रो हाफमा गोल फर्काए पनि रेफ्रिले अफसाइड दिएपछि गोलले मान्यता पाएन । स्पेनले ४ अङ्क जोडेसँगै समूह ‘बी’ बाट मोरक्को बाहिरिएको छ । पोर्चुगलले पनि ४ अङ्क जोड्दा इरान तीन अङ्कका साथ तेस्रो स्थानमा छ । अव इरानले पोर्चुगलसँग स्पर्धा गर्दै छ भने स्पेनले मोरक्कोसँग स्पर्धा गर्ने छ । अन्तिम १६ मा प्रवेशका लागि स्पेन, पोर्चुगल र इरानले खेल जित्नै पर्ने दवाब छ । समूह चरणको अन्तिम खेलले १६ को यात्रा सहज बनाउने छ । समूह ‘ए’ बाट रूस र उरूग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । मोहमद सालहप्रेरित इजिप्ट र साउदी अरेबिया बाहिरिसकेका छन् । डेनमार्कलाई सहज बिहीबारको पहिलो खेलमा अष्ट्रेलिया र डेनमार्क बराबरी खेलेका छन् । १–१ गोलको बराबरी खेलेका दुबै देशले अर्को चरणमा प्रवेशका लागि समूह चरणमा डेनमार्कलाई केही सहज भएको छ । उसले ४ अङ्क जोडेको छ । डेनमार्कका क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दा अष्ट्रेलियाले पेनाल्टीमार्फत् गोल गरेको थियो । डेनमार्कका खेलाडीको डिबक्सभित्र ह्यान्डबल भएपछि अष्ट्रेलियाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई कप्तान माइल जेडानिकले गोल गरे । डेनमार्कले चार अङ्क जोड्दा अष्ट्रेलियाको एक अङ्क छ । अष्ट्रेलिया फ्रान्ससँग २–१ गोलले पराजित बनेको थियो । डेनमार्कले पेरुलाई १–० गोलले हराएको थियो ।