पथरी(ब्लाष्ट) । बेलबारी नगरपालिका –८मा स्थापीत एम्ब्रियो युवा क्लबको आयोजनामा मेयरकप–२०७५ सुरु भएको छ । शनिबारबाट सुरु भएको खेललाई एक कार्यक्रमका बिच बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका थिए । उदघाटन गर्दे मेयर सुबेदीले खेलकुदका क्षेत्रमा नगरपालिकाले पुग्ने गरी लगानि गर्ने बताए । कार्यक्रम उदघाटन अघि पत्रकार र नगरपालिकको कर्मचारी बिच भएको मैत्रीपुर्ण खेल भएको थियो । मैत्रीपुर्ण खेलमा पत्रकारको टोली बिजयी भएका थिए । खेलको मध्यान्तर पछि कर्मचारीका तर्फबाट दिनेश खडकाले १ गोल गरे । त्यस पछि पत्रकारका तर्फबाट निरज नेपालले र पर्शुराम न्यौपानेले १, १ गोल गरेर खेललाई जीत तर्फ लगेका थिए । खेलमा कर्मचारी १ गोल र पत्रकार २ गोल भएको थियो । बेलबारी–८, राधानगरको खेल मैदानमा सुरु भएको मेयरकपमा नगरका ११ वटा वडा नम्बरले हभागी जनाएको छ । प्रतियोगीतामा ६ लाख खर्च लाग्ने अनुमान गरिएको एम्ब्रियो युवा क्लबका सल्लाहकार रबिन थापाले बताएका छन । शनिबार उद्घाटन खेल वडा नम्बर ७ र ८ बिच खेल भएको छ । वडा नम्बर ७ लाई वडा नम्बर ८ ले शून्यको विरुद्ध ५ गोलको अन्तरले वडा नम्बर ८ बिजयी भएका छन् । सवै वडाबाट आएका खेलाडीवाट छनोट गरेर नगरपालिका स्तरीय एउटा टिम बनाउने एम्ब्रियो युवा क्लबका कोषाध्यक्ष प्रेम तामाङले बताएका छन । १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख दोस्रो हुने टिमलाई नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका अध्यक्ष नारायण लिङथेपले बताएका छन । बेष्ट प्लेयर, हाई स्कोररलाई नगर ५÷५ हजार तथा दैनिक उत्कृष्ट खेलाडीलाई नगद दुई हजार प्रदान गरिने भएको छ । एम्ब्रियो क्लबले ४ जना राष्ट्रिय खेलाडी समेत उत्पादन गरिसकेको छ । जसमध्ये नबिन गुरुङ नेपाल आर्मी वाट खेलिरहेका छन भने छिरिङ तामाङ हिमालय शेर्पा कलब तथा अरुण लिम्बु र अनिश घिमिरे मोरङ ११ बट खेलीरहेका छन ।