विराटनगर । १ नम्बर प्रदेश स्तरिय महिला तथा पुरुष आईटिएफ तेक्वान्दो प्रतियोगितामा झापाले बर्चश्व जमाएको छ । विराटनगरमा शनिबार सम्पन्न भएको महिला तथा पुरुषतर्फकै प्रतियोगिताको अधिकांश उपाधि झापाले जितेर बर्चश्व जमाएको हो ।
महिलातर्फ २० देखि २५ किलो तौल समूहमा झापाकी मल्लिका गुरुङ प्रथम, झापाकै आकृति श्रेष्ठ द्धितिय, झापाकै दीक्षा प्रसाई र मोरङकी तपस्वी काफ्ले तृतिय भए । २५ देखि ३० किलो तौल समूहमा मोरङकी समिक्षा थापा प्रथम, झापाकी लुना गुरुङ द्धितिय, सुनसरीकी दीपा बाह्रकोटी र झापाकी आयुषा श्रेष्ठ तृतिय भए । ३० देखि ३५ किलो तौल समूहमा झापाकी इन्दिरा वास्तोला प्रथम, झापाकी सेन्खु तामाङ द्धितिय र मोरङकी रोशनी गिरी तृतिय भएका छन् ।
३५ देखि ४० किलो तौल समूहमा झापाकी दीक्षा लिम्बू प्रथम, मोरङकी विद्या चौधरी द्धितिय र मोरङकै अजिता गिरी तृतिय भए । ४० देखि ४५ किलो तौल समूहमा मोरङकी आकृति तामाङ प्रथम, झापाकी मिनिका गुरुङ द्धितिय र मोरङकी सुष्मा पोखरेल तृतिय भएका छन् । ४५ देखि ५० किलो तौल समूहमा झापाकी लालिमा लिम्बू प्रथम, सुनसरीकी कलमा राई द्धितिय, सुनसरीकी सुष्मिता राई र भोजपुरकी अनु घिमिरे तृतिय भए । ५० देखि ५५ किलो तौल समूहमा भोजपुरकी आस्मा लिम्बू प्रथम, झापाकी सलिना श्रेष्ठ द्धितिय, मोरङकी समिक्षा भट्राई र मोरङकै अस्मिता खवास तृतिय भएका छन् ।
पुरुषतर्फ २० देखि २५ किलो तौल समूहमा झापाका अभिशेक राई प्रथम, झापाकै दिलखुस ठकुरी द्धितिय, मोरङका प्रकाश शर्मा र झापाका सविन श्रेष्ठ तृतिय भए । २५ देखि ३० किलो तौल समूहमा झापाका सरोज श्रेष्ठ प्रथम, सुनसरीका अयन राई द्धितिय, झापाका निश्चल गौतम र झापाकै दिपेन राई तृतिय भए । ३० देखि ३५ किलो तौल समूहमा झापाका दिपेश श्रेष्ठ प्रथम, झापाकै अविनाश शुब्बा द्धितिय, मोरङका कोवित बुढाथोकी र मोरङकै सोनु देव तृतिय भएका छन् । ३५ देखि ४० किलो तौल समूहमा मोरङका विक्रम खवास प्रथम, भोजपुरका रोहन विश्वकर्मा द्धितिय, मोरङका अमर ढकाल र इलामका खेम भट्राई तृतिय भए ।
प्रतियोगितामा एक सय १५ जना खेलाडीले सहभागिता जनाएको राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल आईटिएफका राष्ट्रिय उपाध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी मध्ये ४० महिला र ७५ जना पुरुष खेलाडी थिए । विजयी खेलाडीलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, प्रदेश सांसद सरिता थापा खड्का, युवा संघका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल आईटिएफका राष्ट्रिय उपाध्यक्ष प्रविणकुमार कार्की लगायतले पुरस्कार वितरण गरे ।