पानवारी। धरान बास्केटबल संघलाई समर क्याम्पको लागी हिमाल कलेक्सनले पाँच हजार बराबरको दुई थान जुत्ता र मोजा प्रदान गरेको छ ।
श्रावण २ गतेदेखि सुरु हुने समर बास्केटवल ट्रेनिङ्ग क्याम्प २०७५ मा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई पुरस्कार स्वरुप प्रदान गर्नको लागी कलेक्सनले स्पोर्टस् जुत्ता सहयोग गरेको हो । समर क्याम्प धरान बास्केटवल संघको आयोजना, जिल्ला बास्केटवल संघ, सुनसरीको सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न हुने बास्केटबल प्रशिक्षक विकास राईले बताए । गर्मी विदामा रहेका विद्यार्थीहरुलाई लक्षित गरि समर वास्केटवल क्याम्प तथा बास्केटवल ट्यालेन्ट हन्ट गरिदै आएको छ । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला तथा पुरुष खेलाडिहरुलाई संघको पहलमा करिव एक दर्जन विद्यार्थीलाई धरानको एम्स कलेज र डिपो कलेजमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।