विराटनगर । मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले बडीविल्डीङ र फिटनेस क्लवहरु ब्यवस्थित ढंगले संचालन गर्न विराटनगरमा प्रदेशस्तरीय तालिम गर्ने भएको छ । एसोसिएसनले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि आउँदो साउन ५ लेखि ११ गते सम्म तालिम दिन भएको हो । वर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउन र नयाँ प्रशिक्षक उत्पादन गर्न यस्तो तालिम दिन लागेको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए । पछिल्लो समय फिट हुन, स्वस्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएको कारण उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागेको उनले बताए । ‘ठुलो लगानी भएपनि सुचिकृत प्रशिक्षक नहुदा समस्या छ,’ उनले भने, ‘प्रशिक्षक उत्पादन गर्न प्रदेश नम्बर १ लाई लक्षित गरेर तालिम संचालन गर्न हो ।’ वाहिरबाट हेर्दा मात्र एक्सरसाइज जस्तो देखिएपनि यसका लागि धेरै कुरा मिलाउन आबश्यक भएको र नयाँ प्रविधिको वारे पनि ज्ञान हासिल गर्नुपर्ने अध्यक्ष कर्णको भनाई छ । प्रशिक्षणका लागि काठमाण्डौ र विदेशबाट पनि प्रशिक्षक ल्याउने आयोजकले जनाएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले एसोसिएसनले करको दायरामा ल्याउन पनि पहल उनीहरुले प्रतिबद्धता जाहेर गरेका थिए । विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर यस्ता फिटनेस सेन्टर संचालनमा ल्याइएको छ ।