पथरीशनिश्चरे  । झापाको दमकमा विगत ४ वर्षदेखि नियमित रूपमा निकालिँदै आएको रथ यात्राको यस वर्षको तयारीका क्रममा १ दर्जन बढी उपसमिति बनाइएको छ । यही भदौ १८ गते दमकमा भगवान् श्रीकृष्णको ५२२४ औ प्राङ्कट्य उत्सव तथा जन्माष्टमीका अवसरमा निकाल्न लागिएको चौँथो रथ यात्रामा उपसमिति बनाएर तयारी तीव्र पारिएको आयोजक श्रीकृष्ण रथ यात्रा समितिका संयोजक मानबहादुर बुढाथोकीले जनाए । दमक नगरपालिकाको संरक्षणमा निकालिने दमककै गौरवका रूपमा लिइएको यस वर्षको रथ यात्रामा सबै वर्ग जाति, समुदाय र विभिन्न सङ्घसंस्थाहरूको समेत उलेख्यीय सहभागिता गराउन आवश्यक तयारी भइरहेको उनले बताए । साढे अठार फुट अग्लो भगवान् श्रीकृष्णको प्रतिमासहितको रथ दिउँसो १ बजे दमक चोकको राधेराधे सभागृहबाट शुरु भई दमक बजारको परिक्रमा गर्ने आयोजकले जनाएको छ ।