पथरी(ब्लाष्ट) मोरङको पथरीशनिश्चरे नपास्थित अखिल नेपाल यातायात मजदुर सङ्घले नगरस्तरीय कमिटी गठन गरेको छ । ‘संसारका मजदुर एक होऔं’ भन्ने नाराका साथ सोमबार पथरीशनिश्चरे–१०, मा रहेका होटल पूर्वेलीमा भएको कार्यक्रममा लाखबहादुर मोक्तानको अध्यक्षमा पथरीशनिश्चरे नगर कमिटी गठन भएको हो । यसैगरी उपाध्यक्षमा इन्द्र पाण्डे, सचिवमा दीपेन्द्र भण्डारी, सह–सचिवमा यदुवल्लभ दुलाल, कोषाध्यक्षमा कुमार मगर र सल्लाहकारमा पञ्चबहादुर राई चयन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन केन्द्रीय सचिवालय सदस्य उपेन्द्र राय रहेका थिए । रायले कार्यक्रममा मजदुर ऐन बनेको वर्षाैं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै दुःख व्यक्त गरे । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका सह–सचिव सन्तोष राई, एनएलजी इन्सोरेन्स पथरी शाखा प्रमुख खगेन्द्र कँडेल र पूर्ण कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।