रङ्गेली/कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विगत ५० वर्ष देखि विराटनगरमा निरन्तर निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रुपमा मनाउन तयारी भइरहेको छ ।
धार्मिक महोत्वको राधाकृष्ण रथयात्राको तयारीका बारेमा राधाकृष्ण रथयात्रा समारोह समितिले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । रथ यात्राका लागी विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । विराटनगरको राधाकृष्ण मन्दिरबाट भादौं १८ गते निकालिने रथले साबिकै मेनरोड हुदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुदै मन्दिरमा पुगेर समापन हुने छ । रथयात्राका क्रममा ४३ विश्रामस्थल तोकिएका छन् । पेगोडा शैलीमा निर्माण गरिएको रथ २२ फिट लामो १४ फिट चौडा र १८ फिट अग्लो छ । रथ तान्नकोला व्यवस्था मिलाइएको आयोजकले जनाएकोछ । यस वर्ष पनि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने छ । रथयात्रको उद्घाटन पहिलो पटक प्रदेश १ का मूख्य मन्त्री शेरधन राईले गर्ने भएका छन् ।
यसैवीच स्वर्गिय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापना गरेको ‘पोखरमल धर्मसंस्कृति पुरस्कार’ विराटनगर–३ स्थित परोपकार अभियान समुहलाई प्रदान गरिने भएको छ । राधाकृष्ण रथयात्राको अवसरमा प्रदान गरिने पुरस्कारको राशि १ लाख १ हजार रहेको छ । युगल राधाकृष्णको थयात्रा हेर्न नेपाल र भारतका सयौ भक्तजन विराटनगर आउने गरेका छन् । रथयात्राको दिन प्रदेश १ सरकारले मोरङ र सुनसरीमा सार्वजनिक विदा घोषणा गरेको छ ।