‘प्रदेशको नाम र राजधानी टुङगो कहिले?
विराटनगर/ १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीको बिषयलाई संसदमा नल्याइएको भन्दै प्रदेश सरकारको आलोचना भएको छ । मङगलबार बसेको प्रदेश सभा बैठकमा बोल्दै संसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषयलाई संसदमा ल्याउन माग गरेका छन् ।
प्रदेश १ को नामाङकन र अस्थाइ राजधानिलाई स्थाइ बनाउने विषयलाई सदनमा छलफलको लागी चाडो ल्याउन संघिय समाज वादी फोरमका संसद जयराम यादवले माग गरे ।
प्रदेश सभाको शुन्य समयमा बौल्दै सांसद यादवले नाम र स्थाइ राजधानी टुङगो नलाग्दा अन्योलता बढदै गएको बताएका थिए ।
प्रदेश १ को संसद संचालन भएको लामो समय विति सक्दा पनि प्रदेशको नाम र स्थाइ राजधानीको अझै टुङगो लाग्न सकेको छैन ।
प्रदेश सरकारको मन्त्री मण्डलले पुर्णता नपाएको बिषयपनि मङगलबार संसदमा उठेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































