धनकुटा । कोशि लोकमार्ग अन्तर्गत धरान धनकुटाको भेडेटार सडक खण्डमा बुधबार बिहान ११ बजे यात्रुवाहक बस दुर्घटना हुँदा १ जना यात्रुको घटना स्थलमै मृत्यु भएको छ ।

सुनसरीको इनरुवा देखी धनकुटाको भेडेटार स्थित नमस्ते झरना भ्रमणको लागी आएको को.१ ख ३५८३ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बराहनगरपालिका वडा नं.१० प्रकाशपुर घर भएका वर्ष ४८ का राजेन्द्र चन्द्रवंशीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १८ जना घाईते भएकोमा ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुमा वराहनगरपालिका वडा नं.२ प्रकासपुर बस्ने वर्ष ४३ का गाडी मालिक दिलिप ठाकुर, भोक्राहानर्सिङ्ग गापा वडा नं.१ बस्ने वर्ष २८ को सुवर्ण मेहता र सोही वडा बस्ने वर्ष ६५ को खड्गबहादुर सिवा रहेका छन् । घट्नामा परि ठाकुरको टाउकोमा गम्भिर चोट लागेको, मेहताको छातीमा गम्भिर चोट र सिवाको कम्मरमुनी नचल्ने भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अन्य घाईतेहरुमा भोक्राहानर्सिङ्ग गा.पा. वडा नं.१ बस्ने वर्ष ३० को रामकुमार मेहता, सोही वडा बस्ने वर्ष १५ को सुरज मेहता, वडा नं.१ बस्ने वर्ष ४२ को विरेन्द्र कुमार मेहता, सोही वडा बस्ने वर्ष १९ को चन्द्रनारयण शाहा, वडा नं.४ बस्ने वर्ष ४५ को इन्द्रराज खड्का रहेका छन् ।

त्यसैगरी इनरुवा नगरपालिका वडा नं.६ बस्ने वर्ष ३७ को तारा बस्नेत, वडा नं.४ बस्ने इन्दिरा बस्नेत, विनोद कुमार यादव, वर्ष ४२ का आनन्द नारयण मेहता, वर्ष ३२ को संजिव मण्डल, वडा नं.७ का वर्ष रामकुमार मेहता, सोही वडा बस्ने वर्ष ३५ को रामकुमार मेहता, वर्ष ३५ कै रमेश मेहता, भोक्राहानर्सिङ्ग वडा नं.४ बस्ने वर्ष ३२ को शुरेश मेहता सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भोक्राहानर्सिङ्ग वडा नं.४ बस्ने वर्ष ३४ को जियावुल अन्सारी, वर्ष ४० को बालकृष्ण मेहता, वर्ष ४० को देउकृष्ण मेहता, वर्ष ३५ को हन्सी अन्सारी, वडा नं.२ बस्ने वर्ष ३० को सुरेश मेहता, वर्ष ३५ को रन्जु परियार, इनरुवा न.पा वडा नं.४ का राजेन्द्र राई भने सामान्य घाईते भएको र भेडेटारमै सामान्य उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङ्गले बताएका छन् । यात्रु वाहक बसमा जम्मा ३५ जना सवार थिए । घट्ना स्थलबाट जिल्लाप्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङ्गको कमाण्डमा गएको ३० जनाको प्रहरी टोलीले उद्धार गरेको थियो ।

बसका चालक बराह न.पा.वडा नं.१० प्रकासपुर बस्ने अन्दाजी वर्ष ३२ का भिसेन कविराज घट्ना लगत्तै फरार भएका छन् । सह–चालक सोही वडा बस्ने वर्ष २३ का जीवन दर्नाललाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । फरार चालकको खाेजीकार्य भैरहेको  छ ।

घट्ना भेडेटार देखी ६ किलो मिटर उत्तरपुर्व धनकुटातर्फ पर्दछ ।