विराटनगर । सुन तस्करी तथा उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा थप पाँच जनालाई जिल्ला अदाल मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ल अदालत मोरङको जिल्ला न्यायधीश नारयण प्रसाद शर्माको आदेशले बुधबार पाँच जना अभियुक्तहरुलाई पुर्पक्षको लाथि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालले काठमाण्डौका ५० वर्षिय बिमल पोद्दार, सोही ठाउँका ४० वर्षिय संजय खेतान भन्ने प्रभात अग्रवाल, विरगंज ७ का ५९ वर्षिय आर. डि. राजु भन्ने राजकुमार दारुका, काठमाण्डौका ४८ वर्षिय डब्बु भन्ने ईम्तियाज उद्दिन, ४३ वर्षिय सलमान खान भन्ने शैयद अकबर साहलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

सुन तस्करी तथा हत्या प्रकरण मुद्दामा पछिल्लो समय पक्राउ परेका पाँच जना र बाला दाई भन्ने बालकृष्ण खड्का र ठाकुर प्रसाद ढुङगनालाई फरार प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बिहीबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिए थियो ।

अभियुक्तहरुको अदालतमा बयानपछि मंगलबारदेखि थुनछेक बहस भएको श्रेस्तेदार दुलालले जानकारी दिए । पुर्पक्षको लाथि थुनामा गएका पोद्दार नेपालमा स्थायी बसोबास भएको नदेखिदा उनलाई संगठगित अपराध निवारण ऐन, २०७० को दफा ४१ तथा मुलकी फोज्दारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ६७(२) ख र अन्य चार जनालाई कार्यविधि (संहिता) ऐनको दफा ६७(१) र संगठित अपराध ऐन, २०७० को दफा ४१ का आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।