मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख सरला राईले गाउँपालिका क्षेत्रमा रहेका जात जातीहरुको सांकृतीक पर्वहरुलाई संरक्षण गर्दै अगाडि बढने बताएकी छन । आज बुक्रबार मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को महिला शशक्तिकरण समुहको आयोजानमा भएको तिज बिशेस कार्यक्रममा राईले सो कुरा बताएकी हुन । कार्र्यक्रमा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का करिक ३०० बढी आमा तथा दिदी बहिनीहरुले सामुहिक रुपमा तिज भोज खाई नाचगान गरेर तिज बिषेश कार्यक्रम मनाएका थिए । कार्यक्रमा वडा अध्यक्ष नगेन्द्र काकी (नविन) स्थानीय समाज सेवी प्रवेश कुवंर, लायन्स क्लब अफ मिक्लाजवुङका अध्यक्ष रुद्र भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महिला शशक्तिकरण समुहकी अध्यक्ष देवीका भण्डारीको सभापतित्वम सम्पन्न भएको थियो ।