पाँचथर । बहुबिवाह गर्ने एक जोडिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको मकालु गाँपालिका–५, घर भई फिदिम–२, मा डेरा गरी बस्ने २९ वर्षिय मिलन थापामगर र कान्छी श्रीमति बनेर आउने तेह्रथुमको आठराइ गाउँपालिका–४, की २० वर्षिया सिर्जना भुलेल पक्राउ परेका हुन् ।
घरमा श्रीमति र नावालक छोरा भएका मिलनले भदौ १५ गते सिर्जनालाई कान्छी श्रीमतिको रुपमा भित्र्याएका थिए । मिलनकी जेठी श्रीमति बिनु कुमारी मगरले दिएको जाहेरीको आधारमा निजहरुलाई तेह्रथुमको सक्रान्ति बजारबाट प्रहरीले पक्रेको हो । निजहरुमाथि बहुबिवाह मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरले बताए ।