विराटनगर । विराटनगरमा सोमबार निस्किएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा उश्रृंखल गतिविधि गर्ने ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रथयात्राको समयमा भिडभाडमा उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । ‘भिडभाडको मौका छोपी संकास्पथ गतिविधि गर्ने गरेको देखियो,’ एसपी केसीले भने, ‘घटना हुन नदिने नियन्त्रणमा लिएका हौं ।’ उनीहरुको गरेको घटनाको अवस्था हेरेर छोडने वा अनुसन्धान गरि प्रक्रिया अगाडी बढाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले रथयात्रामा सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाका लागि एक हजार बढी नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको एसपी केसीले जानकारी दिए । रथयात्रामा पहिलो पटक ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरेको कारणले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।