धनकुटा । श्रम ऐन कार्यान्वयन गर्न र न्युनतम पारिश्रमिक लागु गर्न माग राख्दै सोमवार दिनभर चिया उधोगमा कार्यरत सयौं मजदुरले प्रदर्शन गरेका छन् । नेपाल चिया बगान श्रमिक संघ, कृषि तथा बगानक्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाईमा त्याहा कार्यरत मजदुरहरुले प्रदर्शन गरेको हुन् । गुराँसेसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया उधोगमा कालो झन्डा र व्यानर टागेर उधोगको मुलगेटमा कोण सभा समेत गरेका छन् । श्रम ऐन २०७४ कार्यान्वयनमा आउन नसकेको भन्दै आन्दोलनका गरिएको अखलि नेपाल चिया मजदुर संघका केन्द्रिय उपाध्यक्ष नारायण तामाङले बताएका छन् । सरकारले गत साउन १ गतेदेखि लागु हुनेगरी चिया मदजुरको पारिश्रमिक बढाएर २ सय ४३ देखी वढाएर ३ सय ८५ कायम गरेपनि त्यसको कार्यान्वयन नगरिएको केन्द्रिय उपाध्यक्ष तामाङले बताएका छन् । नेपाल चिया बगान श्रमिक संघ, कृषि तथा बगानक्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा विज्ञप्ति समेत जारी सरकारले निर्धारण गरेको चिया मजदुरको पारिश्रमिक यथासक्य चाडो कार्यान्वयन गर्न पनि माग गरिएको छ । जिल्लामा विभिन्न चिया उोधाग तथा बगानमा कार्यरत ६ सय ५० भन्दा बढि चिया मजदुर रहेका छन् ।