धनकुटा । नेवाः देय् दवूका केन्द्रिय अध्यक्ष नरेश ताम्राकारले देशको समृद्धि भनेको भौतिक विकास नभएको वताएका छन् । झिगु समाज हिलेले आयोजना गरेको १ महिने धिमे बाजा एवं लाखे नृत्य सम्वन्धि एक महिने प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा आयोजित कार्यक्रमलाई धनकुटाको हिलेमा आईतवार सम्वोधन गर्दै अध्यक्ष ताम्राकारलाई वताएका हुन् । सो अवसरमा वोल्दै अध्यक्ष ताम्राकारले जाति समुदायको भाषा, संस्कार, संस्कृती र कलाको विकास मानव विकासको सूचाङ्गकमा कति हुन सक्यो त्यो चाँही समृद्धि हुने वताए । उनले भाषा संस्कार संस्कृति हराएर गयो भने गौरव गर्ने नेपालको अस्तित्व नै हराएर जाने ठोकुवा गरे । ताम्कारले धिमे वजा र नेवार संस्कृति वचाउनु भनेको नेवारी समुदायको राज्यसंगको उपस्थिति रहेको वताए । सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेवारी समुदायको भाषा, संस्कार, संस्कृति अन्य समुदायको भन्दा धेरै सभ्य पनि रहेको टिप्पणी गरे । उनले नेवारी समुदायबाट अन्य समुदायले धेरै सिक्नु पर्ने धारणा राखे । त्यसैगरी पुर्व स्वास्थ्य राज्य मन्त्रि तथा नेवाःदेव् दयुका केन्द्रिय सल्लाहकार एवं संस्कृति विद्ध तिर्थमान डंगोलले धिमे वाजा गाउन र नाच्नको लागी मात्र नभएर नेवारी संस्कृति, सभ्यता, र साहित्य नयाँ पुस्तालाई हस्तान्तरण गर्नु सक्नु मुख्य विषय भएको वताए । डंगोलले नेवारले धिमे वाजा, लाखे नाच त्यसै वजाएको नभै समुदायको नेतृत्व लिनको लागी वजाएको पनि स्पष्ट पारे । उनले राजा सवैको साझा हुन नसक्दा देशबाट हराए, अब जनप्रतिनिधिहरुले सवैको साझा भएर पार्टी प्रतिको मोह र राजनितिलाई त्यागेर काम गर्न अनुरोध समेत गरे । झिगु समाज हिलेका अध्यक्ष दिजेश शाक्यको अध्यक्षतामा सम्पन्न धिमे वाजा तथा लाखे नृत्य सम्वन्धि १ महिने तालिम समापन समारोहमा उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, झिगु समाज प्रदेश नं.१ का उप–संयोजक सिताराम श्रेष्ठ, पर्यटन प्रवद्र्धन तथा पुर्वाधार विकास समिति हिले धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन झिगु समाज हिलेका सचिव सन्तोष श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य सदस्य विक्रम प्रधानले राखेका थिए । एक महिने तालिम ३ महिला सहित १२ जनाले भाग लिएका थिए । तालिमको सहजीकरण काठमाण्डौंवाट आएका धिमे वाजा तथा लाखे नाचका प्रशिक्षक धनकृष्ण साधवाले गरेका थिए ।