भद्रपुर । सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गरी भारतसँग सीमा जोडिएका स्थानहरुको सुरक्षाको लागि दुवैदेशका ४७ जना प्रहरीले गस्ती शुरु गरेका छन् । आउदै गरेको चाडपर्वमा चोरी निकासी र पैठारी तथा अवान्छित गतिविधि हुननदिन दुवैदेशका सुरक्षा अधिकारीसँग गरिएको छलफलपछि सीमा गस्ती गरिएको बताएका छन् । नेपाल प्रहरी ,सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयूक्तरुपमा सोमबार ९४ देखि १०० नम्बर सीमा स्तम्भसम्म गस्ती गरिएको प्रहरी कार्याल झापाका एसपी भिमप्रसाद ढकालले बताए । टोलीले विहान ८ बजेबाट ९४ स्तम्भ सिमलडाँगी देखि १०० नम्बर सतीघट्टा गौचरनसम्म गस्ती गरिएको एसपी ढकालले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको तर्फबाट वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूको नेतृत्वमा ९ जना,सशस्त्र प्रहरीका इन्सपेक्टर हेमराज श्रेष्ठको नेतृत्वमा २३ जना र भातगाउँ प्रहरी (एसएसबी)का प्रविन कुमार हास्देको नेतृतवमा १५ जना गरी ४७ जनाले संयूक्त गस्ती गरिएको उनले जानकारी दिए । टोलीले दुवै देशका सीमामा देखिएका समस्याको बारेमा निगरानी बढाइ शान्ती सुरक्षा कायम राख्ने मुख्य उद्देश्य रहेकोले गस्तीलाइ निरन्तरता दिइने प्रहरीले जनाएको छ ।