विराटनगर । विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा आज सम्पन्न भयो । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा निकालिने यो रथयात्राले ५१ औं संस्करण हो ।

विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे रथयात्रा सुरु भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधनलले अपरान्ह विशेष पूजापाठ गरेपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ गरे ।

रथ यात्रा झण्डै ७ किलोमिटरको परिक्रमा पछि राति मन्दिर परिसरमा पुगेर समापन हुने आयोजकको भनाइ छ । रथयात्रामा विभिन्न ६८ वटा झाँकी प्रदर्शन गरियो । रथयात्रामा हजारौं मानिसले सहभागीता जनाएका छन् । आयोजकका अनुसार ५ लाख बढीले रथयात्रामा सहभागीता जनाएका छन् । रथयात्राका क्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन ड्रोन क्यामराको सहयोगमा रथ हिड्ने मार्गमा सुरक्षा निगरानी गरिएको छ ।

यस वर्षको रथ १२ फिट चौडाई, १४ फिट र १८ फिट उचाई रहेको थियो । रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहेको थियो । रथयात्रा वि.स. १९८८ देखि खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको राधाकृष्ण मन्दिरको अध्यक्ष बावुराजा ओझाले जानकारी दिए ।