पानवारी । आइतबारदेखि धरानको सैनिक भवनमा भएको महिला उद्यमी मेलामा महिलाहरुले आफ्नै पौरखले उत्पादन गरेका सामाग्रीको प्रबद्र्धन गरेका छन् ।
२० वटा स्टल रहेको मेलमा महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रबद्र्धन तथा विक्री भइरहेको छ । मेलामा महिलाहरुले घरेलु उद्योगबाट उत्पादन गरेका सामाग्री तथा आफ्नै कला तथा सिपले उत्पान गरेका कपडा, जुत्ता, चप्पल, झोला, टोपी, पोते, माला जस्ता सामानको प्रबद्र्धन तथा विक्री गरेका छन् । दन्तकाली महिला शसत्तिकरण धरान–१४ कि अन्जु पुलामी मगर लगायत समुहले उत्पादन गरेको खेलौना, सजावटका सामान प्रबद्र्धन तथा विक्रि गरेकी छन् । पुलामीका अनुसार समुहमा महिलाहरुले फुर्सदमा घरको काम सकेर खेलौना बनाउने गर्दछन् । विशेष किरिङ, स–साना डल, माला, नक्कली फुल लगायतका सामाग्री बनाउछौं । त्यस्ता सामाग्रीको माग अहिले बजारमा बढेको छ, आएको अर्डर पु¥याउन मुस्किल पर्छ महिला समुहलाई । आफ्नो घरको सबै काम गरेर बाँकी रहेको फुर्सदिसो समयमा काम गर्दा पनि मासिक १०–१५ हजार सजिलै कमाइ हुन्छ ।
चौबिसे सङ्यक ढाका बुटिक धरान–१२ की सञ्चालक यमुना तुम्सा सङ्यक महिला उद्यमी मेलामा आएर आफ्ना उत्पादन प्रबद्र्धन गर्न पाउँदा खुसी छिन् । उनले अहिले ढाका, खाडी र अल्लोका कपडाको जुत्ता, चप्पल, टोपी, झोला, साडी लगायतका सामान बनाएर बेच्ने गर्छिन् । उनको फर्म अहिले ६ जना काम गर्छन् भने ५ जनाले घरैमा बसेर पार्ट टाइमरको रुपमा काम गर्छन् । उनले मासिक एकलाख भन्दा बढी कमाइरहेको बताउँछिन् ।
त्यस्तै गरीचम्पा सु सेन्टर विराटनगरकी चम्पा नेपाल पनि आफ्नो उत्पादन धरानमा ल्याएर प्रबद्र्धन गर्न पाउँदा निकै खुसी छिन् । उन ७ वर्षदेखि बेहुला–बेहुलीको जुत्ता, पास्नी, गुन्युचोली लगायत विभिन्न साँस्कृतिक पर्वमा लगाउने जुत्ता चप्पल लगायत मखमल, ढाका, छाला, रेक्सनका चप्पल जुक्ता उत्पादन गर्छिन् । उनले मासिक ६० हजार भन्दा बढी कमाइ गर्छिन् ।
महिलाहरुले उत्पादन गरेका सामाग्रीको प्रवद्र्धन गर्ने उदेश्यले धरानमा महिला उद्यमी मेला लगाइएको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् । महिला सञ्जाल धरानको आयोजनामा धरानको सैनिक भवनमा आइतबारदेखि लागेको तीन दिने मेलामा धरान लगायत इटहरी र विराटनगरका महिला उद्यमीले आफुले उत्पादन गरेका बस्तुहरु विक्रिका लागी राखेका छन् । मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु, जुत्ता चप्पल, साडी, कुर्ता, हाते झोलाहरु, अर्गानिक अचार, नेपाली खाजाका परिकारहरु, स्थानीय तयारी खाद्यान्न सामाग्रीहरु राखिएको छ । महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रबद्र्धन भइरहेको बताइन् ।