पानवारी  । नेपाली कांग्रेस धरानले करवृद्धि फिर्ताको माग राख्दै धरान उपमहानगरपालिकाको गेटमा तालाबन्दी गर्ने कार्यक्रम स्थगित गरेको छ । गते भाद्र २ गतेदेखि आन्दोलनरत नेपाली कांग्रेसले १० दिने अल्टिमेटम दिएको थियो । १० दिने अल्टिमेटम समेत १३ गते नै सकिए पनि कार्यवाहक मेयर मञ्जु भण्डारी कार्य व्यस्तताले गर्दा धरान बाहिर गएपछि कांग्रेसले थप आन्दोलनको कार्यक्रम गरेको थिएन । तर कार्यवाहक मेयर धरान आएपछि पनि आफ्ना मागहरुमा गम्भिर नभएको भन्दै नेपाली कांग्रेस आन्दोलित भएको छ । नेपाली कांग्रेसका नगर सभापति तिलक राईले भने –‘हामीले यो अव्यवहारिक र अवैज्ञानिक कर वृद्धि विरुद्ध भद्र आन्दोलन गरिरहेका छौ । कार्यवाहक मेयरको कार्य व्यस्ततालाई समेत ध्यानमा राखेर आन्दोलनको कार्यक्रम हेरफेर समेत ग¥यौ तर हाम्रा माग प्रति गम्भिर नभएपछि बाध्य भएर तालाबन्दीको कार्यक्रम राखेका थियौ । यद्यपी धरान उपमहानगरपालिकाले पत्र काटेर वार्ताको लागी बोलाएको छ । आज दिउँसो वार्ता हुन्छ र वार्ताबाट माग पुरा भए भइहाल्यो नत्र आन्दोलनका कार्यक्रम अघि सार्छाै ।’ धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेका अनुसार आन्दोलनरत दलहरु र नगरपालिकाबीच आज दिउँसो छलफल हुदैछ ।